काठमाडौं, १८ मंसिर । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश व्यवस्था तथा प्रत्यक्ष कार्यकारी प्रणालीबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
उनले अन्तरिम सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्रीसँगको संवाद सकारात्मक रहेको दाबी गरे । प्रसाईंले आफ्ना माग देश विभाजनका लागि नभएको र ६० प्रतिशत सम्बोधन हुने विश्वास व्यक्त गरे ।
माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिँदै उनले २३–२४ गतेका आन्दोलनकारीलाई नथुनिनुपर्ने माग पनि अघि सारे ।














