काठमाडौं, १८ मंसिर । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रक्रिया पुस १९ बाट सुरु हुँदै मतदाता नामावली प्रकाशन, संशोधन तथा उजुरी क्रमशः पुस १९–२२ भित्र सम्पन्न हुनेछन् । उम्मेदवार मनोनयन पुस २३ मा दर्ता गरिनेछ भने जाँचबुझपछि पुस २६ मा नामावली प्रकाशन हुनेछ।
नाम फिर्ता लिने अन्तिम मिति पुस २७ तोकिएको छ । पुस २८ मा निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ र माघ ८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।
मतदानपछि मतगणना तुरुन्त प्रारम्भ गरिनेछ ।














