जनकपुर, १८ मंसिर । मधेश प्रदेशमा ५१ दिनभित्र तीन मुख्यमन्त्रीले राजीनामा दिएका छन ।
जनमत पार्टीका सतिश कुमार सिंह, लोसपाका जितेन्द्र सोनल र पछिल्ला मुख्यमन्त्री जसपाका सरोजकुमार यादव—तीनै जनाले विश्वासको मत नपाउने परिस्थितिबाट राजीनामा दिनुप¥यो ।
सरोमार, आन्तरिक मतभेद, गठबन्धनको अस्थिरता, अदालतका आदेश तथा विश्वासको मतको बाध्यताले निरन्तर नेतृत्व परिवर्तन भएको हो ।
सरोज यादवले पनि २२ दिनमै बहुमत नपुग्ने देखिएपछि राजीनामा दिए । अब नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियाका लागि प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका छन् ।














