बुटवल, ६ कार्तिक । बिहीबार भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।
भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पु¥याउँदै गर्दा उनको निधन भएको हो । बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेको राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाले बताए ।
उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।
केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।














