काठमाडौं, ६ कार्तिक । दसैंको बेला स्थापना भएको दुर्गा मूर्ति बिसर्जनको क्रममा खोलामा डुबेर बुधवार साँझ तीन जनाको मृत्यु भएको छ ।
रूपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा रूपन्देहीकै मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा गाउँलेहरु मूर्ति विसर्जन गर्न पुगेका थिए । त्यस क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए ।
खोजीका क्रममा करिब २ सय मिटर तल तीनै जनाको शव बुधवार साँझ फेला पारिएको प्रनाउ कार्कीले बताए ।














