काठमाडौं, २३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई नेपाली जनताको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
उनले सरकार कसैले नछानेको र संवैधानिक प्रक्रियाबाट नबनेको दाबी गर्दै, यो सरकार “नेपालीको होइन“ भनेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले आफूलाई उपत्यका बाहिर जान नदिने प्रयासको आलोचना गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘सम्हालिन’ चेतावनी दिएका छन् ।














