काठमाडौँ, २३ असोज । माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी समूहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार प्रदर्शनको तयारीसहित पुगेका उनीहरूलाई प्रहरीले रोक्दै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म १८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डा. निकोलस भुसाल र सञ्जीव दाहाललगायत छन् ।
प्रदर्शनकारीहरूले शान्तिपूर्ण विरोध गर्ने दाबी गरे पनि सुरक्षाकर्मीहरूले घुसपैठ र हिंसाको जोखिम रहेको भन्दै प्रदर्शन रोक्ने तयारी गरेका थिए ।














