काठमाडौं, २२ असोज । हालैको असोज १८, १९ र २० गते तथा त्यसअघि परेको बाढी र पहिरोका कारण क्षति पुगेका सडक संरचनाहरूको पुनर्निर्माणमा करिब ८८१२ अर्ब ३८ करोड रुपैयाँ८८ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने बताएको छ ।
गत वर्षको क्षतिको पुनर्निर्माणका लागि बाँकी १ अर्ब ७० करोड थपिएको छ । सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ, जसको पुनर्निर्माण खर्च १.५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
अन्य प्रमुख राजमार्गहरूको पुनर्निर्माणमा ३.७७ अर्ब, १७ वटा स्थायी पुलमा ४.५२ अर्ब, बेलिब्रिजमा ८० करोड, र वैकल्पिक सडकमा १.५९ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
मन्त्री कुलमान घिसिङले अवरुद्ध सडक चाँडै सञ्चालनमा ल्याउन उपकरण र जनशक्ति परिचालन गरिएको तथा नियमित अनुगमन भइरहेको बताएका छन् ।














