काठमाडौं, २१ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले जानकारी दिए ।
उनले भने तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं । जाहेरी लिएर पुगेका मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।














