काठमाडौँ, १० भदौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखापत्रमा मंगलबार ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो ।
उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले जानकारी दिए ।
उनका अनुसार सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो । उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ ।














