काठमाडौँ, ७ भदौैं । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक भएको बताएका छन् ।
अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताए । उनले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताए ।
उनले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि बताए । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उनले बताए ।
विविधतायुक्त, आर्थिक, सामाजिक अवस्था माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताए । भट्टराईले भने, ‘पुस्तान्तरण विचारसहितको हुनुपर्छ । कुरामात्रै गरेर हुँदैन । राजावादीहरूले नातिलाई जुम्ला घुमाएर पुस्तान्तरण गरे ।
त्यतिले पुग्दैन‚ नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । सम्पूर्ण देशलाई एकताबद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।














