काठमाडौं, ६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आफैं सदस्यता छोडेको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको जनाए ।
सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले जनाएको छ । दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने तर्क पनि ओलीले भनेको छ ।
राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए ।
तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको जानकारी गराए ।














