काठमाडौं, २ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता छु भएको भन्दै यस विषयमा छलफल गर्नु आवश्यकता नभएको जनाएकी छन् ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताए । राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाडि भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ ।
जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको जनाए ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा भण्डारीले गरे पनि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ । पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ ।
पार्टीको निर्णयपछि आफू राष्ट्रपति बनेको भन्दै उनले कार्यकाल सकिएपछि पुनः पार्टीको राजनीतिमा फर्किएको दोहो¥याइन् । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताए् ।
पूर्वराष्ट्रपति भण्डारीले तत्काल बाम एकताको बलियो आधार नदेखेको बताइन् । तर, असम्भव भने नभएको उनको भनाइ छ ।














