जनकपुर, १ भादौ । धनुषा जिल्लाको सामाजिक रुपान्तरणमा अग्रसर रहेको संस्था तत्मा बौद्धिक समाजले स्थापना गरेको “तत्मा बौद्धिक बिकास कोषमा विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले ३ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार आयोजित संस्थाको मासिक बैठकमा सो जानकारी दिइएको हो । उक्त बैठक समाजका अध्यक्ष इञ्जिनियर रामबाबु दासको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा नगरप्रमुख बेचन दास प्रमुख अतिथि, तथा समाजका प्रखर वक्ता एवं विशिष्ट अतिथि देवसागर दासको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख दासले सामुदायिक युवाहरूका लागि लोकसेवा तयारी कोचिङ्ग सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यसैगरी, समाजसेवी देवसागर दासले १ लाख रुपैयाँ अनुदान दिने घोषणा गरे । कार्यक्रममा ९ जना समाजसेवी तथा जागरूक व्यक्तित्वहरूले मासिक योगदानदाताका रूपमा तत्मा बौद्धिक कोषमा आबद्ध हुने निर्णय गरेका छन् ।
उनीहरूको सहकार्यले कोषलाई दीगो बनाउने र शैक्षिक, सामाजिक र बौद्धिक उन्नयनका कार्यक्रमहरू सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
मासिक योगदानदाताको नामावली
१. बेचन दास – नगर प्रमुख, विदेह नगरपालिका
२. देवसागर दास – समाजसेवी
३. राम सुवेदी दास
४. मनोज दास
५. अशोक दास
६. लालु कुमार दास
७. रामपदार्थ दास
८. गणेश बहादुर दास
९. सुरेश कुमार दास














