सर्लाही, ३० साउन। सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ ।
हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बताए।
गोली राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । यादबलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले बताए ।
अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको जानकी एकेडेमिक हस्पिटलले जानकारी गराए ।
मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा यादव दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














