काठमाडौ, ३१ वैशाख । काठमाडौँमा मखन गल्लीमा खाना पकाउने ग्याँस विस्फोटले आगलागी भएको अनुसन्धानबाट थाहा भएका छन् ।
बुधवार बिहान ६ बजे ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थिए । आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ ।
मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जनाएको हो ।
आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको आकलन गरिएको छ । दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो ।
आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् ।














