काठमाडौं, २९ वैशाख । श्रीलंकामा बौद्ध धर्मावलम्बी एक यात्रु बस भीरबाट खस्दा २१ जनाको मृत्य र १४ जनाको घाइते भएका छन् ।
तीर्थस्थल कातारागामाबाट कोटमाले हुँदै कुरुनेगाला शहरतर्फ जाँदै गरेको करिब ७० यात्रु सवार बसमा आइतबार बिहान अनियन्त्रित भई पहाडी सडकबाट खसेको स्थानीय अधिकारीहरूले बताएको छ ।
दुर्घटनास्थलममा १५ जनाको मृत्यु भएको हो भने थप ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको श्रीलङ्का प्रहरीले बताएको हो ।














