KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“दलित”को नेपालमा उत्पति

सम्पादकीय

“दलित”को नेपालमा उत्पति

जनकपुर । नेपाली समुदायमा एउटा कुकुर म¥यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर एउटा दलित मर्यो भने उसका जातका मान्छे त्यहाँ हुदैंनन ।

त्यसलाई फ्याक्ने मान्छे कोहि पाइँदैन । यहि यथार्थताका बीच बाँचिरहेका छन् दलित समुदाय । बहुजाति र बहुभाषि रहेको नेपाली समुदायमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् ।

जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ ।

उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति अद्यापि ज्यूँकात्यूँ छ । दलित जाति आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् ।

मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समुदायमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ ।

नेपालमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।

संसारमा देखापरेको सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो (आहुति ) । आहुतिले भने झैं दलितहरूले बषौं देखि भोग्न विवश छुवाछुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाच्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले ।

समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।

दलितको उत्पति

नेपालमा दलितको उत्पत्ति श्रम विभाजनको आधारमा भएको पाइन्छ । श्रम विभाजन अनुसार गरिएको वर्गिकरणबाट पछि कसैले पनि विद्रोह नगरुन् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई छुवाछुतलाई नै वैधानिक बनाउने काम भयो ।

यसरी सयौं वर्षदेखि चल्दै आएको छुवाछुतको परम्परालाई परिष्कृत गर्न कसैले हिम्मत गर्नु भनेको कानूनको दृष्टिमा नै अपराध मानिने हुदा एउटै समाजभित्र रहेर पनि दलित जातिहरू देशको नागरिक हुन पाएनन् भने उनीहरू पनि यसलाई आफ्नै भाग्यको खेल मानेर चुप लागेर बस्न बाध्य पारिए ।

“भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस धेरैजसो दलितहरूमा आजसम्म कम्ति नै छ र यसलाई उनीहरूले भाग्यका रुपमा बाध्य भएर स्विकार गरेका छन ।

ब्रिटिशकालीन भारतमा सन् १९२७ मा बनेको साइमन कमिशनले “शुद्रमध्येकै ‘अतिशुद्र’ अजात मानी पानी नचल्ने तहमा राखेको समूहलाई दलित मानेको र चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको शिकार भई पानी नचल्ने ठानिएको समुदाय नै दलित हो भनेको छ ।

” नेपालमा दलित शब्दलाई वि.स २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्यायो । त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो ।

यसप्रकार दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाति’ शब्दले हिन्दु समाजमा ‘अछुत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ ग्रहण गरिसकेको छ र ती जातहरूले पनि ‘दलित जाति’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रुपमा ग्रहण गरिसकेको आहुतीको भनाइ छ ।

संयूक्त राष्ट्र संघको सबै किसिमको जातीय भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि १९६५ को धारा १(१) ले हाम्रो सन्दर्भमा रहेको दलितको परिभाषालाई जातिय भेदभावका रुपमा परिभाषित गरेको छ ।

सो महासन्धिमा भनिएको छ “जातीय भेदभाव भन्नाले जात, रंग, वंश, राष्ट्रियता र उत्पत्तिका आधारमा गरिने फरक व्यवहार, पृथक संकुचनता तथा अन्यलाई ग्राहयता दिनुलाई बुझिन्छ, जसले मानवीय मर्यादा अधिकारको प्रयोग र मानव अधिकारको उपयोगमा समान हैसियत लगायत मूलभूत राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायतका हकमा हनन् पु¥याउँछ ।

यसरी दलितको परिभाषाका सम्बन्धमा विभिन्न व्याख्या रहे पनि यथार्थमा हामीले देख्दै र बुझ्दै आएको के हो भने सामाजिक रुपमा हेपिएका, आर्थिक रुपले दबिएका, सांस्कृतिक रुपले पाखा लगाइएका र राजनीतिक रुपले उपभोग र शोषणमा पारिएका जाती नै दलित हुन् ।

Facebook Comment


Related Posts

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

सिंहदरबारभित्र विरोध गर्ने चार जना युवालाई पक्राउ

ताजा समाचार

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar