काठमाडौं, ४ माघ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको छ ।
फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका छन् ।