जनकपुरधाम, २८ पुस । सप्तरीमा घुर ताप्ने क्रममा आगो लागेर एक महिलाको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगेर गम्भीर घाइते भएकी थिइन् ।
उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।