जनकपुरधाम, २८ पुष । श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सव समारोहको अवसरमा कमिटिको श्री महावीर सप्ताह–२०८० को समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव रघुविर महासेठले युवा क्लवहरु भित्र राजनिति पस्नु नहुने र राजनितिलाई क्लव बाहिर छोडनु पर्ने बताएका छन ।
महासेठले भने, ‘समाजिक बिकास र समाजिक हितका लागि संचालनमा आएका युवा क्लवहरु राजनितिमा लागेपछि पार्टीको भातृसंगठन जस्तै क्लवहरु हुने बताए ।
कमिटिको ३३ औं वार्षिकोत्सव समारोहको अवसरमा सगरमाथा आरोहनका क्रममा वेपत्ता भएका जनकपुरधामका साइकल यात्री रञ्जित साहको आमालाई सम्मान गरेको छ ।
त्यस्तै शहिद पत्रकार उमा सिंहको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरेको कमिटिका अध्यक्ष अजय गुप्ताले बताए ।