जनकपुरधाम, २७ पुस । पत्रकार महिला उमा सिंहको हत्या भएको आज १५ वर्ष पूरा भएको छ ।
उनको स्मृति दिवस पत्रकार संगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाइँदै छ । सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजन गरेको छ ।
वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।