जनकपुरधाम, २६ पुस । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९–८० को पाचौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
बिहीबार आदिवासी जनजाति आयोगका अध्यक्ष बालानन्द पौडेलको नेतृत्वमा गएको टोलीले मधेश भवन जनकपुरधाममा रहेको प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष प्रतिवेदन पेश गरेको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा पौडेलले प्रतिवेदन पेस गरेको छ ।