जनकपुरधाम, २२ पुस । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशबाट एक सिट पाएको थियो ।
आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् ।