जनकपुरधाम, ३० कात्तिक । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिएका छन ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले बताए । विमलको मृत्युको कारण खुलेको छैन ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए ।
मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।