जनकपुरधाम, १० कार्तिक । महोत्तरीका एक युवकको हत्या आरोपमा प्रहरीले दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहीबार बेलुका करिब ४ बजेको समयमा पिपरा गाउँपालिका ५ हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको स्थानीय जगदिश साहको खाली खेतमा शव फेला परेको थियो ।
शव फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा पिपरा ५ स्थित आफ्नै मामाको घरमा बस्दै आएका दुबै जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा उनीहरुको संलग्न रहेको खुल्न आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभएको छ ।