जनकपुरधाम,२५ फागुन । बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका लागि काठमांडौ पुगेका मधेश प्रदेश सभाका सदस्य लडेर घाइते भएका छन् ।
मधेश प्रदेशका सदस्य गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लडेका हुन् । उनी के कारणले लडेका हुन् भन्ने खुलेको छैन । उनको टाउकोमा चोट लागेको छ ।
घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
न्यौपाने सप्तरी– ४ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन् ।