काठमाडौँ, ३ मंसिर । ऋषि धमलाको नेतृत्वमा रहेको स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणाली र स्वतन्त्र चुनाव चिह्नबाट गराउन माग गरेको छ।
अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचनमा दलीय प्रणालीको सट्टा गैरदलीय व्यवस्था लागू गर्न तथा नीतिगत संवादमा नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको हो।














