काठमाडौं, ५ असोज । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँ २०८३ को अवसरमा नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारलाई टीका र जमरा लगाइदिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित महानिरीक्षकको निवासमा आयोजित कार्यक्रममा कार्कीले सुख, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सहभागीलाई जमरा तथा प्रसाद वितरण गरेकी थिइन्।
बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, जवान, पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो।
सो अवसरमा विजया दशमीको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।














