काठमाडौँ, ३ कार्तिक । पर्सा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका १०३ जना प्रतिवादीलाई एक महिनामा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत असोजमा सञ्चालन गरिएको फैसला कार्यान्वयन अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट कुल ४० वर्ष ११ महिना १२ दिन कैद सजाय कार्यान्वयन गर्नुपर्नेछ भने जरिवानाको रकम २ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिइने बताए।














