रुपन्देही, २ कात्तिक । रुपन्देहीको बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। उनले २०८२ वैशाख ६ गते बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार गरेको आरोप छ।
घटनापछि भारत फरार भएका अन्सारीलाई प्रहरीले विशेष सूचनाका आधारमा २०८३ कात्तिक १ गते नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट पक्राउ गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














