जनकपुर, २७ असोज । मधेश प्रदेशमा चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने विषयमा प्रदेश सुरक्षा समन्वय समिति र पर्सा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको संयुक्त बैठक बसेको छ।
बैठकको अध्यक्षता मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले गरेका थिए। चाडपर्वका समयमा शान्ति सुरक्षा कायम गर्ने तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको थियो ।















