काठमाडौं, १० असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।
शनिबार बिहान ६ बजे कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।
चतरा–कोशी पुल क्षेत्रमा पनि सोही समयमा २ लाख ४३ हजार ७ क्युसेक बहाव मापन गरिएको छ। पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले नदीको बहाव अझ बढ्न सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।














