सुनसरी, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको घटना सार्वजनिक भएको छ।
घटनामा एक जना व्यक्तिको तिघ्रामा गोली लागेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। गोली चलेको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार गोली चल्नुको कारणबारे भने अहिलेसम्म स्पष्ट भएको छैन। सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काका अनुसार स्थानीयबाट गोली चलेको सूचना आएपछि प्रहरी परिचालन गरिएको हो।
घटनाको कारण र विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।














