जनकपुर, २८ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा माटोमा पुरिएको अवस्थामा सकेट बमजस्तो वस्तु फेला परेको छ।
स्थानीयले वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा नेपाली सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
फेला परेको वस्तु वास्तविक बम हो वा अन्य विस्फोटक पदार्थ भन्ने कुरा सेनाको परीक्षणपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।














