सुनसरी, २४ साउन। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारत–नेपाल सीमा क्षेत्रबाट पक्राउ परेका छन्।
भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले भारततर्फ प्रवेश गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी छ। सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ।














