काठमाडौं, २३ असार । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको पहलपछि यूएई सरकारले उक्त निर्णय गरेको हो। आममाफी पाएका नेपाली नागरिकले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले यूएईको निर्णयलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको सकारात्मक संकेतका रूपमा लिँदै आभार व्यक्त गरेको छ।














