काठमाडौं, २६ जेठ । सम्पत्ति विवरणसम्बन्धी विवादका कारण वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् भने आजै अपराह्न ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ।
गुरुङको सम्पत्तिबारे अध्ययन गर्न गठित छानबिन समितिले २२ जेठमा बुझाएको प्रतिवेदनमा उनको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालेको थियो।
समितिले व्यक्तिगत गल्तीभन्दा प्रणालीगत सुधार आवश्यक विषयहरू औंल्याएको जनाएको छ। छानबिनका क्रममा गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा मात्र रहेको भेटिएको र अन्य सम्पत्ति बुवा तथा हजुरबुवाको नाममा रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।














