काठमाडौं, २५ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंह सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार मेयर सिंहले अर्काको छोरीलाई आफ्नै छोरी भनेर झूटो विवरण पेश गरी नागरिकता दिलाउन भूमिका खेलेको ठहर गरिएको छ ।
यस प्रकरणमा नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल तथा गृह मन्त्रालयका कर्मचारी पुष्कर राना र परशुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले मेयर सिंहलाई मतियारको मुख्य कसुरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।














