काठमाडौं, २४ जेठ । दुई दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच करिब दुई वर्षदेखि रोकिएका उच्चस्तरीय द्वीपक्षीय भ्रमणहरू पुनः सुरु भएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमणले औपचारिक उच्चस्तरीय भ्रमणको सुरुवात गरेको उल्लेख गरे ।
आगामी केही महिनाभित्र नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय भ्रमणहरू हुने अपेक्षा गर्न सकिने उनको भनाइ छ । खनालका अनुसार यस भ्रमणले दुई देशबीचको कूटनीतिक संवादलाई नयाँ गति दिएको छ ।














