काठमाडौं, २४ जेठ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथिको छानबिनबाट सफाइ पाएपछि पुनः गृहमन्त्रीको जिम्मेवारी पाउनेमा आशावादी रहेको बताएका छन् ।
रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले फेरि गृहमन्त्री बनेमा कम्तीमा दुई महिना फोटो खिच्ने, माला–खादा लगाउने र बधाई दिने कार्यक्रम नगर्न आग्रह गरे ।
उनले उक्त अवधिमा मन्त्रालयलाई व्यवस्थित गर्दै महत्वपूर्ण कामको थालनी गर्ने दाबी गर्दै दुई महिनापछि पनि अपेक्षित परिणाम नआए आफूलाई प्रश्न गर्न सकिने बताए ।
गुरुङले आफूले आफ्नो धरातल नबिर्सिएको र मतदाताको विश्वासको सम्मान गरिरहने पनि उल्लेख गरे ।














