काठमाडौं, १२ जेठ । रास्वपाका सांसद हरि पन्तले आगामी बजेटमा वीरगञ्जस्थित नारायणी रङ्गशाला र नारायणी अस्पताललाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभामा बोल्दै उनले देशको ठूलो राजस्व योगदान गर्ने वीरगञ्ज विकासका हिसाबले भने सधैं उपेक्षित भएको बताए । साथै, सानोपाइला सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रिया छिटो अघि बढाउन पनि आग्रह गरेको हो ।
सडक विस्तारका क्रममा घरबारविहीन बनेका वीरगञ्जका नागरिकको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले स्थानीय बासिन्दाको पीडालाई गम्भीर रूपमा लिनुपर्ने जनाए ।














