काठमाडौं, ३ जेष्ठ । र्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था नगरी सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने जनाएको छ ।
संघर्ष समितिले सरकारको बस्ती हटाउने अभियानबाट देशभरका लाखौं परिवार प्रभावित भएको दाबी गर्दै वैकल्पिक व्यवस्था बिना उठीबास लगाउन नहुने बताएको छ ।
साथै, जेठ ४ गते बुटवलमा राष्ट्रिय सम्मेलन आयोजना गरी थप आन्दोलनका कार्यक्रम तय गरिने जनाएको छ ।
- संघर्ष समितिको आन्दोलनलाई रुपन्देहीका विभिन्न राजनीतिक दलले समर्थन जनाएका छन् ।














