काठमाडौं, ३१ वैशाख । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारको सुशासन र कार्यशैलीमाथि राष्ट्रिय सभामा गम्भीर प्रश्न उठाएका छन् ।
उनले सुकुमबासीमाथि डोजर चलाउने कार्यलाई …सुशासनÚ भन्न नमिल्ने भन्दै सरकार जनआन्दोलनको मर्मविपरीत गएको आरोप लगाए ।
ठाकुरले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणका नाममा व्यवसायीहरूलाई त्रसित बनाइएको दाबी गर्दै निजी क्षेत्र, विशेषगरी मारवाडी समुदायप्रति राज्यको व्यवहारप्रति असन्तुष्टि जनाए ।
व्यवसायीहरू डराएर देश छोड्ने अवस्था सिर्जना हुँदा लगानी र विकास सम्भव नहुने उनको भनाइ थियो । उनले मुलुकमा …न्यायिक आतंकÚ बढेको टिप्पणी गर्दै संविधानका केही प्रावधान सुधार गर्न आवश्यक रहेको समेत बताए ।
व्यवसायीलाई जेल पठाउने र आतंकित बनाउने कार्यले अर्थतन्त्रमा गम्भीर असर पर्ने उनको चेतावनी थियो ।














