काठमाडौं, ३० वैशाख । विपक्षी दलको लगातार अवरोधपछि स्थगित भएको प्रतिनिधि सभा बैठक अब वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।
सभामुख डोल प्रसाद आर्यालले आगामी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहने जानकारी दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै विपक्षी दलहरूले बुधबार तीन पटकसम्म बैठक अवरुद्ध गरेका थिए ।














