काठमाडौं, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोल प्रसाद आर्यालको सिफारिसमा प्रकाश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् ।
संविधानको धारा १०६-१) अनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका-३ निवासी अधिकारी निजामती सेवामा २४ वर्ष अनुभव भएका उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा तथा दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार र आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।














