काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)ले पार्टी स्थापनाको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । रवि लामिछानेले २०७९ असार ७ गते पार्टी स्थापना गरेका थिए ।
स्थापना भएको पाँच महिनामै निर्वाचनमा सहभागी भएको रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको थियो ।














