काठमाडौँ, २९ वैशाख । नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले २०६४ सालको चुनावमा आफूहरूले ठूलो जनमत पाए पनि जोगाउन नसकेको स्मरण गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले अहिले रवि लामिछाने नेतृत्वको रास्वपालाई सम्बोधन गर्दै जनताको समर्थन सधैं स्थायी नहुने बताए ।
प्रचण्डले आफ्नै कमजोरीका कारण जनविश्वास टिकाउन नसकिएको स्वीकार गर्दै रास्वपालाई प्रतिशोध र निषेधको राजनीति नगर्न सुझाव दिए ।
उनले हारभन्दा जित सहन गाह्रो हुने उल्लेख गर्दै आफूहरूको अनुभवबाट सिक्न आग्रह गरे ।














