काठमाडौं, २८ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशनको पहिलो दिन राष्ट्रपति राम चन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संसद् सचिवालयका अनुसार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ भने अपराह्न ४ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा विभिन्न अध्यादेशहरू पनि पेस हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल, स्वास्थ्य मन्त्री निशा मेहता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आ–आफ्ना मन्त्रालयसम्बन्धी अध्यादेश पेस गर्नेछन् ।














