काठमाडौं, २६ वैशाख । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो स्थानीय ५५ वर्षीय भोला यादवमाथि सोही गाउँका करिब ४० वर्षीय इश्वर हरिजनले बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि आरोपी फरार रहेका छन् भने प्रहरीले खोजी तीव्र बनाएको छ
। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














